शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडकाे आइपिओ बिक्री खुला

सोमबार, माघ २१ २०८१

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज (सोमबार) देखि आइपिओ बिक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

फागुन ५ गतेसम्म उक्त आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न गरेको हो।

कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ।

बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।