मुम्बई । हलिउडकी र्चिर्चत नायिका प्रियंका चोपडा फेरि व्यस्त हुन थालेकी छन् । भारतीय फिल्मका उनका दर्शक उनी फेरि छाएकी छन् । प्रियंकाले भारतीय फिल्ममा कमव्याक गर्ने भएकी छिन् ।
भारतीय मिडियामा उल्लेख भए अनुसार फरहान अख्तरको आगामी फिल्ममा प्रियंकाले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । यस्तै प्रसिद्ध निर्देशक एसएस राजमौलीको नयाँ फिल्ममा पनि उनले काम गर्ने भएकी छिन् । राजमौलीले उनलाई ३० करोड पारिश्रमिक दिएको चर्चा छ । जुन फिल्ममा प्रियंकाले महेश बाबुसंग स्क्रिनिङ शेयर गर्ने भएकी छिन् ।
राजमौलीले फिल्मका विषयमा अहिलेसम्म सबै कुरा गोप्य राखेका छन् । यतिसम्म कि सुटिङमा कसैलाई फोन लैजान समेत दिएका छैनन् । हैदरावादमा फिल्मको सुटिङ सकिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
प्रियंकाले सन् २००२ मा दक्षिण भारतीय फिल्मबाट अभिनयमा प्रवेश गरेकी थिइन् ।
मिडिया रिपोर्टका अनुसार उनको कुल सम्पत्ति ६२० करोड भारतीय रुपैयाँ रहेको छ ।