काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६९ दशमलव ८० अंकले बढेर २७ सय २७ दशमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६४ अंकले बढेर चार सय ५८ दशमलव ३७ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको एक लाख ३० हजार नौं सय १३ पटकको कारोबारमा दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार एक सय ३६ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये समुहहरुको सुचक बढेर शेयर नेप्सेमा पुरै हरियाली छाएको छ । कारोबार भएका समुह मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ३३ दशमलव ७५ अंकले बढेर १३ सय ६७ दशमलव ९७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५३ दशमलव ६७ अंकले बढेर तीन हजार आठ सय ४९ दशमलव २३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय १२ दशमलव ६५ अंकले बढेर १३ हजार एक सय ७२ दशमलव ४४ अंंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि चार सय ७० दशमलव ४३ अंकले बढेर १३ हजार एक सय २२ दशमलव ८४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
कारोबार भएका मध्ये आज उन्नती सहकार्य लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।