काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा ईलाकाबाट माघ १७ गते श्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संंयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका रोल्पा जिल्लाको रोल्पा नगरपालिका–५ बस्ने ४५ बर्षिय टिके वि.क.लाई शंका लागि चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाईएको छ ।