काठमाडौं । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार उच्च अंकले बढेको छ । नेप्से आज २४ दशमलव ५० अंकले बढेर २६ सय ५७ दशमलव ७७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १९ अंकले बढेर चार सय ४४ दशमलव ७२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ९५ हजार ९७ पटकको कारोबारमा आज एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम नौं अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये आज मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन अंकले बढेर १३ सय ३४ दशमलव २२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ५६ दशमलव शुन्य तीन अंकले बढेर तीन हजार सात सय ९५ दशमलव ५६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ११ दशमलव १६ अंकले बढेर १२ हजार आठ सय ५९ दशमलव ७८ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३५ दशमलव ८९ अंकले बढेर १२ हजार छ सय ५२ दशमलव ४१ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि आज उच्च अंकले बढेको छ ।
उपकार लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी कमाउँदा दोल्ती हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । सप्तकोशी डेभलपमेन्ट बैकको भने सबै भन्दा बढी रकम कारोबार भएको छ ।