इस्लामावाद । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले सोमबार भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी भएको सजायविरुद्ध अपिल गरेका छन्। सन् २०२३ को अगष्टदेखि हिरासतमा रहेका ७२ वर्षीय खानलाई करिब २०० वटा मुद्दामा उनीविरुद्ध राजनीतिबाट प्रेरित भई षड्यन्त्र गरिएको दाबी गरिएको छ ।
पाकिस्तानी विशेष भ्रष्टाचार अदालतले ‘अल-कादिर ट्रष्ट’ नामक कल्याणकारी फाउण्डेसनमा ‘भ्रष्टाचार र भ्रष्ट आचरण’का लागि दोषी ठहर गर्दै पूर्वक्रिकेट स्टारसमेत रहेका खानलाई १४ वर्ष र उनकी श्रीमतीलाई सात वर्षको जेल सजाय सुनाएको छ ।
खानका वकिल खालिद युसुफ चौधरीले इस्लामावाद उच्च अदालतबाहिर एएफपीसँग भने, ‘हामीले अपील दायर गरेका छौं र आगामी केही दिनमा यो लिपिबद्ध गरिनेछ र त्यसपछि यसलाई सुनुवाइका लागि तय गरिनेछ ।’ खानलाई पक्राउ गरेयता चारपटकसम्म दोषी ठहर गरिएको छ, जसमा दुई दोषारोपण उल्टाइएको छ र अन्य दुई मुद्दामा सजाय निलम्बन गरिएको छ ।
अदालतको सुनुवाई तीनपटक स्थगित भएको थियो र उहाँको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले पहिले यो मुद्दालाई राजनीतिबाट पछि हट्न सरकारसँग सम्झौता तोड्न दबाब दिन प्रयोग गरिएको बताएको थियो ।
खानले आफूलाई इस्लामाबादको बाहिरी इलाकामा रहेको आफ्नो विशाल घरमा नजरबन्दको सम्भावनाबारे अप्रत्यक्ष रूपमा सम्पर्क गरिएको आरोप लगाएका थिए । सन् २०१८ मा निर्वाचित हुनुभन्दा केही समयअघि खानसँग विवाह गरेकी बिबीलाई राजधानी इस्लामावाद नजिकैको रावलपिन्डी शहरमा उहाँका पतिलाई राखिएकै जेलमा राखिएको छ । रासस/एएफपी ।