शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१० अंकले घट्यो नेप्से, पाँच वटा समुहले कमाउँदा आठ वटाले गुमाए

आइतबार, माघ १३ २०८१

काठमाडौं । नेप्से घटेको छ । आज आईतबार नेप्से १० दशमलव ४१ अंंकले घटेर २६ सय ४३ दशमलव ९३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २० अंकले घटेर चार सय ४३ दशमलव ६० अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको ९४ हजार आठ सय १३ पटकको कारोबारमा एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौं अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये आठ वटा समुहको सुचक घटेका छन् भने पाँच वटा समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव शुन्य दुई अंकले घटेर १३ सय ३८ दशमलव ७१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव ७६ अंकले घटेर १२ हजार नौं सय ९४ दशमलव ५४ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ८७ अंकले घटेर १२ हजार सात सय दुई दशमलव शुन्य नौं अंकमा झरेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् । आज बिकास बैंक समुहको सुचक भने ३३ दशमलव २४ अंकले बढेर पाँच हजार पाँच सय ९४ दशमलव २१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक २० दशमलव शुन्य आठ अंकले बढेर तीन हजार सात सय २६ दशमलव ७० अंकमा चढेको छ । लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि आज बढेका छन् ।

उपकार लघुवित्त वित्तीय संस्थाले आज सबैभन्दा बढी कमाउँदा बोटर्लस नेपाल बालाजु लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको भने भन्दा बढी रकम कारोबार भएको छ ।