आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

भुवन के पोखरेल लोक मोडल तर्फ उत्कृष्ट घोषित

शुक्रबार, माघ ११ २०८१

काठमाडौं । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेल लोक गीत तर्फ २०८१ को उत्कृष्ट मोडल बन्न सफल भएका छन्।

सेलिब्रेटी नेपालको आयोजनामा भएको बिराट म्युजिक अवार्ड-२०८१ नेपाल चलचित्र बिकाश बोर्डको भवनमा भएको थियो । उक्त अवार्ड कार्यक्रमा भुवन लगायत दर्जनौं कलाकारले अवार्ड हात परेका थिए।

‘सिर सिर पिपल पातले’बोल को गीतबाट पोखरेल बेस्ट लोक मोडल २०८१ घोषित भएका हुन्।

प्रमुख अतिथि पुर्वमन्त्री माननीय प्रकाश ज्वाला रहेको अवार्ड कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसि लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यत्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाक्षेत्रमा आबद्ध विभिन्न व्यक्तिहरुलाइ नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो।

चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरीसकेका भुवनले पछिल्लो समयमा ‘सहरिया बुहारी’ नामको लोकप्रिय टेली सीरियलमा अभिनय गर्दै आएका थिए।