शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य बृद्धि, कारोबार रकम छ अर्ब नाघ्यो

मंगलबार, माघ ८ २०८१

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन छ दशमलव ७८ अंकले बढेको नेप्से आज मंगलबार पाँच दशमलव शुन्य आठ अंकले बढेर २६ सय १३ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक अंकले बढेर चार सय ४० दशमलव १४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ६९ हजार आठ सय ४० पटकको कारोबारमा एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा आठ वटा समुहले कमाउँदा पाँच वटा समुहले गुमाएका छन् । जसमध्ये आज बाँणिज्य बैक समुहको सुचक चार दशमलव ७८ अंकले घटेर १३ सय ४१ दशमलव ३२ अंकमा झरेकोमा जलबिद्युत, फाईनान्स, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक १० दशमलव ५८ अंकले बढेर पाँच हजार तीन सय ६७ दशमलव ७८ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ३९ दशमलव ६८ अंकले बढेर १२ हजार आठ सय ३३ दशमलव ४० अंकमा चढेको छ । निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन्।

मन्दाकिनी हाईड्रो पावर लिमिटेडले आज सबैभन्दा बढी कमाउँदा रिभर फल्स पावर लिमिटेडले सबै भन्दा बढी गुमाएको छ । सिईडिबी होल्डिङ लिमिटेडको आज बढी रकम कारोबार भएको छ।