शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा झण्डै सात अंकले बृद्धि

गुमाउने भन्दा कमाउने समुह धेरै

सोमबार, माघ ७ २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से बढेको छ । अघिल्लो दिन १२ दशमलव ५८ अंकले बढेको नेप्से छ दशमलव ७८ अंकले बढेर २६ सय सात दशमलव ९९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १० अंकले बढेर चार सय ३९ दशमलव १४ अंकमा पुगेको छ।

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ७४ हजार चार सय तीन पटकको कारोबारमा एक करोड ३६ लाख ७७ हजार नौं सय ८३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले गुमाएपनि आठ वटा समुहले भने कमाएका छन् । बाँणिज्य बैंक समुहको सुचक आज दुई दशमलव ८० अंकले घटेर १३ सय ४६ दशमलव ११ अंकमा पुगेकोमा जलविधुत समुहको सुचक पनि एक दशमलव शुन्य सात अकले घटेर ३६ सय ८३ दशमलव ५३ अंकमा झरेको छ । बिकास बैंक, फाईनान्स र लघुवित्त समुहको सुचक पनि आज घटेका छन् । जीवन बीमा समुहको सुचक पाँच दशमलव ३५ अंकले बढेर १२ हजार छ सय ९३ दशमलव ७२ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २८ दशमलव ८० अंकले बढेर १२ हजार पाँच सय ३२ दशमलव १४ अंकमा चढेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज मिथिला लघुुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । रिभर फल्स पावर लिमिटेडको आज सबैभन्दा बढी रकम कारोबार भएको छ।