शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से सुचक तथा कारोबार दुबै बढ्यो

१२ अंकले बढ्दा छ अर्ब २५ करोडको कारोबार

आइतबार, माघ ६ २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से बढेको छ । नेप्से आज १२ दशमलव ५८ अंकले बढेर २६ सय एक दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंकले बढेर चार सय ३९ दशमलव शुन्य चार अंकमा पुगेको छ।

नेप्सोम आज तीन सय २५ वटा कम्पनीहरुको ७२ हजार पाँच सय ४० पटकको कारोबारमा एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ रुपैंयाँ पुगेको छ।

नेप्सोम आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये तीन वटा समुहको सुचक घटेका छन् भने बाँकी समुहहरुको सुचक बढेका छन । नेप्सेमा आज बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ३७ अंकले बढेर १३ सय ४८ दशमलव ९१ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ८२ अंकले बढेर तीन हजार छ सय ८४ दशमलव ६० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव २४ अंकले बढेर १२ हजार छ सय ८८ दशमलव ३६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव ३० अंकले बढेर १२ हजार पाँच सय तीन दशमलव ३३ अंकमा पुगेको छ । आज बिकास बैंक, फाईनानस, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन. । होटल तथा पर्यटन, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक आज घटेका छन्।

बोर्टलस नेपाल बालाजु लिमिटेडले आज सबैभन्दा बढी कमाउँदा सुपरमादी हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ।