शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१५ अंकले घट्यो नेप्से

सोमबार, पुष २९ २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । अघिल्लो दिन २५ दशमलव ४१ अंकले घटेको नेप्से पुन १५ दशमलव ५४ अंकले घटेर २५ सय ९४ दशमलव १३ अंकमा सिमित भएको छ । सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ५६ अंकले घटेर चार सय ४१ दशमलव ४२ अंकमा अंकमा सिमित भएको छ ।

नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ६४ हजार दुई सय ७८ पठकको कारोबारमा एक करोड ३८ लाख ७० हजार पाँच सय ७९ कित्ता शेयर किनबेच भएकाछन् भने कारोबार रकम छ अर्ब ६५ करोड आठ लाख १३ हजार एक सय तीन रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ८१ अंकले घटेर १३ सय ६७ दशमलव ९० अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि १८ दशमलव शुन्य चार अंकले घटेर तीन हजार छ सय तीन दशमलव ६५ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ६४ दशमलव २७ अंकले घटेर १२ हजार छ सय ४० दशमलव ४८ अंकमा झरेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन दशमलव शुन्य पाँच अंकले घटेर १२ हजार चार सय ८३ दशमलव ९३ अंकमा झरेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि आज घटेर राताम्मै देखिएका छन् ।

आज बाराही हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबै भन्दा बढी रकमको शेयर किनबेच भएको छ ।