शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बागमतीमाथि पुलिसको जित, उपाधिका लागी पुलिस र आर्मी भिड्ने

आइतबार, पुष २८ २०८१

काठमाडौं । जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा नेपाल पुलिसले बागमती प्रदेशलाई हराएको छ ।

जनकपुरमा आइतबार बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य पुलिसले ५ विकेटको क्षतिमा  पूरा गर्न सफल भयो।

जितसँगै नेपाल पुलिस फाइनलमा प्रवेश गरेको हो । यसअघि आर्मीले मधेश प्रदेशलाई हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधि भिडन्त मंगलबारदेखि वीरगञ्जमा हुनेछ ।