शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा २५ अंकले गिरावट, सबै सुचकहरु घटेर राताम्मै

आइतबार, पुष २८ २०८१

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २५ दशमलव ४१ अंकले घटेर २६ सय नौं दशमलव ६७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५५ अंकले घटेर चार सय ४३ दशमलव ९९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय एक वटा कम्पनीहरुको ४६ हजार छ सय १४ पटकको कारोबारमा ८० लाख २१ हजार छ सय ३१ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ९९ करोड ७९ लाख नौं हार तीन सय २३ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबरा हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से आज राताम्मै भएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ९८ अंकले घटेर १३ सय ७२ दशमलव ६२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ६४ अंकले घटेर १२ हजार सात सय चार दशमलव ७५ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ९२ दशमलव ३१ अंकले घटेर १२ हजार चार सय ८६ दशमलव ९८ अंकमा झरेकोमा जलबिद्युत, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेर राताम्मै भएका छन्।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ।