शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लक्ष्मी सन्राइज बैंकको २४ वार्षिक साधारणसभा सम्पन्न

बुधबार, पुष २४ २०८१

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बैंकले बुधबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

भाले बैंकको चुक्ता पूँजीको पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैंयाँ पुगेको छ । सभाले आर्थिक वर्ष २०८०÷८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।

आ.व. २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।