काठमाडौं । गुर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । फाईनान्स सञ्चालक समितीको यही पुस १४ गते बसेको बैठकले आगामी चार बर्षे कार्यकालको लागि अधिकारीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । फाईनान्सका अनुसार नवनियुक्त प्रमुख कार्यकारीको कार्यकाल यही पुस १८ गतेबाट सुरु हुने छ।