शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैंकिङ क्षेत्रमा लामो र कुशल व्यवस्थापकीय क्षमताले खारिएका ज्ञवाली

सोमबार, पुष १५ २०८१

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा लामो अनुवभ र कुशल व्यवस्थापकीय क्षमता भएका व्यक्तित्व हुन मनोज कुमार ज्ञवाली । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा उनको बढुवा भएको छ । बैंकले ज्ञवालीलाई बढुवा गर्दै आगामी प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) को रुपमा अघि सारेको हो। अहिलेसम्म ज्ञवाली नायव प्रमुख कार्यकारी अधिकृत छन्।

ज्ञवाली नेपाल राष्ट्र बैंक छोडेर नीजि क्षेत्रद्धारा सञ्चालित बैंकमा आएका व्यक्ति हुन् । विकास बैंकमा समेत नेतृत्व अनुभव रहेका उनी बैंकिङ क्षेत्रमा निकै नैं क्षमतावान र लोकप्रिय व्यक्तिकोरुपमा रहेका छन् । नबिल बैंकमा ज्ञवालीले गरेको योगदान र नेतृत्वको कदर गर्दै बैकले उनलाई बरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।

नेपाली बैंकिङ क्षेत्रमा निकै नैं कुशल र अनुभवी बैंकर मानिने ज्ञवाली ज्योति विकास बैकमा प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएपछि अगस्ट २०२० मा नायब महाप्रबन्धककोरूपमा नबिल बैंकमा छिरेका थिए । सुरुवाती समयमा मुख्य वित्त अधिकारीको जिम्वेवारी पाएका ज्ञवाली अक्टोबर २०२१ मा उपप्र्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए।

पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेका ज्ञवालीसंग नेपाली बैकिङ क्षेत्रको बारेमा दुई दशक भन्दा बढीको अनुभव रहेको छ । नबिल बैंकमा आउनुअघि नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकमा समेत काम गरेको अनुभव संगालेका ज्ञवालीको लामो अनुभव र कुशल व्यवस्थापकीय क्षमताले नबिल बैकलाई अझै उचाईमा पुर्याउने बिश्वास बैंकको सञ्चालन एवं व्यवस्थापन पक्षले गरेको छ।