काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको हालैको बैठकले वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा मनोज ज्ञवालीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
ज्ञवाली यसअघि नबिल बैंकको डेपुटी सीईओ थिए । समितिको यो निर्णयले ज्ञवालीलाई सीईओको रुपमा नियुक्त गर्ने पूर्वतयारीको रुपमा हेरिएको छ ।
यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।