काठमाडौं । हिमालयन बैंकको नयाँ बानेश्वर शाखा स्थानान्तरण भएको छ । बैंकका अनुसार हिमालयन बैंकले सिभिल बैकलाई प्राप्ती गरेपश्चात नजिक भएका शाखा सञ्जाल मध्ये नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरिएको हो।
आईतबारदेखि सञ्चालनमा आएको कोटेश्वर शाखाको समुद्ध्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले गरेका हुन । यसअघि नयाँ बानेश्वरमा हिमालयन बैंकका दुई वटा शाखाहरु रहेका थिए।