शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२८ अंकले बढ्यो नेप्से

सामुहिक लगानी कोष बाहेक सबै सुचक बढेर हरियो

सोमबार, पुष ८ २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज भने २८ दशमलव ९१ अंकले बढेर २६ सय १२ दशमलव २० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४८ अंकले बढेर चार सय ४६ दशमलव ५६ अंकमा चढेको छ । तीन सय २८ वटा कम्पनीहरुको ५५ हजार नौं सय ३८ पटकको कारोबारमा ८९ लाख आठ हजार आठ सय ५१ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ४३ करोड २४ हजार छ सय तीन रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेको छ भने बाँकी समुहहरुको सुचक बढेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ७१ अंकले बढेर १३ सय ९१ दशमलव ८३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ९० दशमलव ८६ अंकले बढेर तीन हजार पाँच सय १५ दशमलव २६ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ९१ दशमलव ४६ अंकले बढेर १२ हजार चार सय ९६ दशमलव ३० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १४ दशमलव ३५ अंकले बढेर १२ हजार चार सय २३ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा मानुषी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।