बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जनकपुरलाई एनपीएलको उपाधि

शनिबार, पुष ६ २०८१

काठमाडौं । लाहिरु मिलान्थाको सानदार इनिङमा जनकपुर बोल्ट्सले पहिलो संस्करणको सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको सानदार जित दर्ता गर्दै जनकपुरले उपाधि उचालेको हो ।

यसअघि लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टोली भिड्दा सुदूरपश्चिमले बाजी मारेको थियो । लिग चरणको १८औँ खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो। तर, आज जनकपुरले बदला लिएको छ । पछिल्ला खेलमा खराब ब्याटिङ गरिरहेको जनकपुरले आज जादू छरेको थियो भन्दा फरक पर्दैन । पावर प्लेमै ७१ रन जोडेको थियो ।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान गरे । उनी शतकबाट चुके तर, टोलीका लागि निकै महत्वपूर्ण खेले । ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।