शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झण्डै तीन अंकले बढ्यो नेप्से

गुमाउने भन्दा कमाउने समुह धेरै

मंगलबार, पुष २ २०८१

काठमाडौं । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज दुई दशमलव ९५ अंकले बढेर २६ सय ३३ दशमलव ८७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३७ अंकले बढेर चार सय ५१ दशमलव ६६ अंकमा पुगेको छ । आज तीन सय १८ वटा कम्पनीहरुको ५३ हजार नौं सय ५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार तीन सय ४८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार सात सय ५० रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले गुमाए पनि बाँकी समुहहरुले भने कमाएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ४५ अंकले बढेर १४ सय आठ दशमलव ९६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि चार दशमलव ९७ अंकले बढेर तीन हजार चार सय ६७ दशमलव ७२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ८६ अंकले बढेर १२ हजार छ सय ६३ दशमलव ९९ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने ३६ दशमलव ५६ अंकले घटेर पाँच हजार पाँच सय ३७ दशमलव १७ अंकमा झरेकोमा जीवन बीमा, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा कुथेली बुखारी स्मल हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।