काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको संचालक समितिको ४५ औं बैठकको निर्णयबाट प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि गौतमलाई नियुक्त गरिएको हो।
विगत तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौत्तमले त्रिभुवन विश्व विद्यालयबाट एमबीए सम्मको अध्ययन पुरा गरेका छन् । उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्यांकन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिम वर्कमा विश्वास गर्छन । उनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति सँगै कम्पनी थप उचाईमा पुग्ने बिश्वास गरेको जानकारी कम्पनीले दिएको छ।