हालसम्मकै कम स्कोरमा सीमित जनकपुर बोल्ट्स
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले हालसम्मकै कम स्कोर बनाएको छ ।
बुधबार भएको खेलमा शीर्ष स्थानमा रहेको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।
१२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो ।
जीतसँगै सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । जनकपुर दोस्रो स्थानमा झरेको छ । ५ खेलपछि ८ अंक भए पनि रनरेटमा जनकपुर दोस्रो स्थानमा पुगेको हो ।
दीपेन्द्रसिंह ऐरी, हरमित सिंह र इशान पाण्डेले दुई/दुई विकेट लिए ।
सेफ जाइब र नरेन साउदले १र१ विकेट लिए । जोहा ट्रम्पले १३ रन बनाउनुबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमलाई १२३ रनमा रोक्दा जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले २र२ विकेट लिए ।
सुदूरपश्चिमको लागि विनोद भण्डारीले ३३, सैफ जाइबले २१, इशान पाण्डेले १७ रन बनाएका थिए ।