शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

आठ वटा समुहको सुचक घट्दा पाँच वटाको बढ्यो

सोमबार, मंसिर २४ २०८१

काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पनि १२ दशमलव ८४ अंकले घटेर २६ सय ७६ दशमलव १५ अंकमा अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले घटेर चार सय ५५ दशमलव ६७ अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ६२ हजार सात सय ५८ पटकको कारोबारमा एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये फाईनान्स समुहको सुचक पाँच दशमलव १८ अंकले बढेर तीन हजार तीन सय ११ दशमलव १८ अंकमा पुग्दा उत्पादनमुलक, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव ५८ अंकले घटेर १४ सय छ दशमलव ८५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ३० अंकले घटेर ३५ दशमलव २४ दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र व्यापार समुहको समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज इर्मर्जिङ नेपाल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।