शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

शुक्रबार, मंसिर २१ २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे ।

प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए। यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।