शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपिएल

आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको जित

शुक्रबार, मंसिर २१ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आन्द्रेस गौसको शतकमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स पहिलो जित हात पारेको छ । गौसले ५५ बलमा पाँच छक्का र १२ चौका प्रहार गर्दै अविजित एक सय चार रन बनाए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो ।

लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गरेको हो ।

पोखराका दिनेश खरेल अर्धशतकीय पारी खेले । उनले पनि अविजित रहँदै ६१ रन बनाए । छयालिस बलमा चार छक्का र चार चौकाको मद्दतले उनले ६१ रन बनाए । यो खेलमा पोखराले अतिरिक्त ११ रन पाएको छ ।

त्यसअघि टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले ५९ बलमा १० चौका र ४ छक्काको मदतमा ९५ रन प्रहार गरे ।

यसैगरी टम मुर्सले ४५ रन बनाउँदा सन्दीप जोराले १८ रन जोडे ।

बलिङतर्फ पोखराका विपन खत्रीले २ विकेट लिए । उनले लुम्बिनीका ओपनरद्वय आशुतोष घिरैया, उन्मुक्त चन्दलाई शून्यमै आउट गराएका थिए ।