काठमाडौं । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते सशस्त्र प्रहरीले करीव ९४ हजार रुपैयाँ बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ।
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी ल्याउँदै गरेको उल्लेखित रुपैयाँको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरले बरामद गरेको हो । उक्त औषधी ल्याउने व्यक्ति भने फरार रहेका छन्।