मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

करिब ६ सय ९० किलोग्राम गाँजा बरामद, घटनामा संलग्न एक जना पक्राउ

बुधबार, मंसिर १९ २०८१

सुनसरी । धरान उपमहानगरपालिका–१३ अमरहाटबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ९० किलोग्राम मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ

सरकारी नम्बर प्लेट लगाएको बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ३ सय ३० किलोग्राम र बा.१ झ ५१२७ नम्बरको गाडीबाट ३ सय ६० किलोग्राम गरी दुवै गाडीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका–११ बस्ने ३६ वर्षीय श्याम कुमार विकलाई प्रहरीले पक्राउ गरेको छ।

उक्त गाडीहरूमा लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्‍ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३ सय ३० किलोग्राम गाँजा सहित चालक विकलाई पक्राउ गरेको थियो । साथै प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा.१ झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा छाडी चालक फरार भएको अवस्थामा फेला पारी उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिक भित्र प्याक गरेको अवस्थामा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।