शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा दोहोरो अंकले बृद्धि

तीन सय सात वटा कम्पनीहरुको आठ अर्ब ५२ करोडको शेयर किनबेच

मंगलबार, मंसिर १८ २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १७ दशमलव ८० अंकले बढेर २७ सय ७५ दशमलव ८५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५८ अंकले घटेर चार सय ७१ दशमलव २१ अंकमा सिमित भएको छ । तीन सय सात वटा कम्पनीहरुको ८८ हजार सात सय ७५ पटकको कारोबारमा एक करोड ८१ लाख ६० हजार छ सय ३४ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा छ वटा समुहले गुमाए पनि सात वटा समुहले भने कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ८९ अंकले घटेर १४ सय ५९ दशमलव ४४ अंकमा पुगेकोमा बिकास बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र लघुवित्त समुहको सुचक पनि घटेकाछन् । फाईनान्स समुहको सुचक भने ४८ दशमलव २७ अंकले बढेर तीन हजार पाँच सय नौं दशमलव शुन्य तीन अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि दुई सय आठ दशमलव शुन्य तीन अंकले बढेर १३ हजार आठ सय ५३ दशमलव ७० अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज दिव्येश्वरी हाईड्रोपावार कम्पनीले सबैभन्दा बढी कमाउँदा अपर स्याङगे हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।