बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु घुससहित पक्राउ

शनिबार, मंसिर ८ २०८१

महोत्तरी । ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्षतिपूर्ति लगायतका मुद्दामा सहजीकरण गरिदिने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादवले र २० हजार घूस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको हो ।

आयोगको महोत्तरी कार्यालयबाट गएको टोलीले नासु यादवलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।