बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

शुक्रबार, मंसिर ७ २०८१

काठमाडौ‌ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ ।

सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने -याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउदै आएको छ ।

पार्टीका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबै जनसङ्गठनका सदस्य सभामा सहभागी हुने जनाइएको छ ।