बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाल एआईजीमा बढुवा

शुक्रबार, मंसिर ७ २०८१

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा बढुवाका लागि बढुवा समितिबाट सिफारिस भएका डीआईजीपी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो ।

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत रहेका छन् ।

यस्तै सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा.सुरेश आचार्यलाई नियुक्त गरेको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बरिष्ठ पत्रकार आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको र सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । आचार्य नेपाली काँग्रेस निकटका हुन् भने विष्ट र भण्डारी नेकपा (एमाले) निकट मानिन्छन्।