सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ग्वार्डिओला अर्को सिजन पनि सिटीमै रहने

बिहिबार, मंसिर ६ २०८१

म्यानचेस्टर । प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग कम्तीमा अर्को एक सिजन आफ्नो कार्यकाल थप्न सहमत भएको छन्। उनको सम्झौता यस सिजनको अन्त्यमा समाप्त हुँदै थियो ।

सन् २०१६ मा सिटी आएदेखि उनले अदभूतपूर्व उपलब्धि हासिल गरेका छन्। सिटीले उनको प्रशिक्षणमा सात वर्षमा ६ पटक प्रिमियर लिगको उपाधि जितेको छ । यस्तै उनले च्याम्पियन्स लिग पनि जिताएका थिए । ५३ वर्षीय ग्वार्डिओलाले १०औँ सिजनमा आफ्नो बसाइ लम्ब्याउने र थप एक वर्षका लागि विकल्पसहित सम्झौता गर्ने भएका हुन्।

क्याटलान प्रशिक्षकको नेतृत्वमा सिटी लगातार चारपटक इंग्लिस लिग उपाधि जित्ने पहिलो टोली बनेको थियो । उनले सिटीलाई सन् २०२३ मा ट्रबलमा पुर्‍याएका थिए र एकै सिजनमा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेका थिए। एजेन्सी ।