सप्तरी । राजगढ गाउँपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका–३ बस्ने ३३ वर्षीय यमजित राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ ख ६५०३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरमा लुकाई छिपाई राखिएको ५६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक यमजितलाई पक्राउ गरेको हो।