स्थगित बन्द सत्र सुचार गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित बन्द सत्र सुचार गर्न तिन नेताहरुले आमरण अनसन सुरु गरेका छन्।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान १२ बजेदेखि विद्यार्थी नेता केशव रावल, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन सुरु गरेका हुन्।
अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष केशव रावलको अग्रसरतामा सुरु भएको अनसनमा निवर्तमान केन्द्रिय सदस्य खकेन्द्र रावल र जनक ढुंगाना अनसन बसेरै सहयोग गरेका छन्।
नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गर्न गरीएको निवर्तमान केन्द्रीय रावलको भनाई रहेको छ।
गएको असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित भएको थियो।