काठमाडौ । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ लगानी गर्नै भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै निक्षेप लगानीको लागि राष्ट्र बैंकले प्रस्ताव आव्हान गरेको हो । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न लागिएको हो।
रकम लगानीको अवधि २०८१ मंसिर ११ गते देखि २०८२ मंसिर १० गतेसम्म तोकिएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर चार गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ।
लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि एक अर्ब एक करोड ६० लाख, बिकास बैकहरुको लागि १९ करोड पाँच लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ३५ लाख रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।