सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

आइतबार, मंसिर २ २०८१

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–१ डाँफे बस्ने २० वर्षीय करण क्षेत्री र सोही गाउँपालिका–१ गुरुङ्ग टोल बस्ने २८ वर्षीय बिजय घर्ती रहेका छन् । प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके समेतबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका–११ बिष्णु चोकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ६४ ट्याब्लेट र स्पास्पेन ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–११ सुनौलो बस्ती बस्ने २२ वर्षीय सुमन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाइ उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ झण्डा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ४० ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका–१ बस्ने १९ वर्षीय सौरब राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–९ सब्जी मण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–९ धरान बस्ने बरमजिया गाउँपालिका–१ घर भएका २९ वर्षीय महोमद अलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका–७ भौराटार बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २१ मिलिग्राम सहित सोही उपमहानगरपालिका–६ मदन आश्रित चोक नजिक डेरा गरी बस्ने भारत बहराइच रूपैडिहा घर भएका ३४ वर्षीय इरफान राइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दमारगाउँबाट खटिएको प्रहरीले लु.१ ख ४६०१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बैतडीको दोगडा केदार गाउँपालिका–६ पञ्जुनयाँ बस्ने ४० वर्षीय तारा सिंह कार्कीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।