सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध खैरो हेरोइन सहित विभिन्न स्थानबाट तीन जना पक्राउ

बिहिबार, कार्तिक २९ २०८१

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका–११ दुधे बस्ने २२ वर्षीय रोशन दंगाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित इलाम फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुर बस्ने २७ वर्षीय बिशाल मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट काँकरभिट्टातर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ रामजानकी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–५ बस्ने ३२ वर्षीय आशिष चौधरी र २७ वर्षीय विष्णु चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।