तीन वटा समुहले कमाउँदा १० वटाले गुमाए
काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार ११ दशमलव २४ अंकले घटेर २७ सय ४८ दशमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले घटेर चार सय ८८ दशमलव ७८ अंकमा पुगेको छ । तीन सय १२ वटा कम्पनीहरुको ८२ हजार पाँच सय ७० पटकको कारोबारमा एक करोड ६७ लाख ८६ हजार नौं सय ३४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहको सुचक बढे पनि १० वटा समुहको सुचक भने घटेका छन् । सो मध्ये आज फाईनान्स समुहको सुचक ४० दशमलव ३५ अंंकले बढ्दा निर्जीवन बीमा समुहको सुचक पनि १८ दशमलव १५ अंकले बढेको छ भने व्यापार समुहको सुचक पनि १३ दशमलव शुन्य आठ अंकले बढेको छ।
बाँणिज्य बैंक समुहको सुचक भने आज पाँच दशमलव ४७ अंकले घट्दा बिकास बैंक समुहको सुचक पनि १७ दशमलव १४ अंकले घटेको छ । जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने गुडविल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । रकम कारोबारका आधारमा पनि आज गुडविल फाईनान्स नैं पहिलो स्थानमा परेको छ।