बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

भैरहवामा अवतरण हुन नसकेपछि जजिरा एयरलाइन्सको जहाज काठमाडौं र बुद्धको जहाज पोखरा ‘डाइभर्ट’

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौं ।  प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण हुन नसकेपछि जजिरा एयरलाइन्सको जहाज काठमाडौं डाइभर्ट भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मध्यान्ह भिजिबिलिटी कम भएर अवतरण हुन नसकेपछि जजिराको जहाज काठमाडौं डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।

जजिराले भैरहवामा सातमा तीन दिन उडान थालेको छ ।

यस्तै काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरिएको छ ।

बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन् ।