बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री ओली आज धरान जाँदै

सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान सुनसरीको धरान जाँदैछन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा सहभागि हुन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री ओली आज यहाँ आउन लागेका हुन् ।

प्रधानमन्त्री ओली विराटनगर हुँदै धरान जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली दिउँसो चार बजे विराटनगर फर्कने र विराटनगरमा नेकपा (एमाले) का कोशी प्रदेशका पदाधिकारीहरूसँग पार्टी र सरकारका विषयमा केहीबेर छलफल गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

प्रधानमन्त्री ओली आजै साँझ पाँच बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।