शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बडी बिल्डिङमा सनमलाई रजत

सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । नेपाली बडी बिल्डर सनम मूलगुठीले शनिबार माल्दिभ्समा भइरहेको १५औँ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक जितकी छिन्। उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान प्राप्त गर्दै रजत जितकी हुन्। यस विधामा १९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

सनमले गत वर्ष काठमाडौंमै भएको ५५औँ एसियन बडी बिल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितकी थिइन् । उनी एसियन लेभलमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्।

माल्दिभ्सको अदु सिटीमा भइरहेको विश्व शारीरिक सुगठनमा शुक्रबार पनि नेपालले तीन रजत जितेको थियो । नेपालका लागि रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले रजत पदक जित्नुभएको थियो ।