शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशिय भुक्तानी सम्झौंता

सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अन्तरदेशिय भुक्तानी सम्झौंता भएको छ । अली पे को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पे मर्चेन्टहरुका क्युआर मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका छन्।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यु आर तथा यसका मर्चेन्ट क्युरआरहरुमा अली पे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका क्यु आर तथा यसका नेपाल पे क्युआर मा सजिलै भुक्तानी गर्न सक्नेछन्।

अली पे नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि एक्युरिङ नेटर्वक, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । अली पे नेटवर्कमा चाईना, ओसिबिसी, चेन्जिङ पे जिक्यास, अली पे एचके, हाई पे, काको पे, टोस पे, नाभिर पे, टिएनजिडी, ट्रुु मनी, माई पे, तिन्बा मार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ।

एनसीएचएलले अली पेसँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यु आर एक स्वतन्त्र क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपाल पे क्यु आरको नेटवर्क मा आठ लाख ५० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन्।

एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना१४ लाखग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ । बैंकले नेपाल पे क्यु आरमा २३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ।