शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुशीलाको म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक

आइतबार, कार्तिक २५ २०८१

काठमाडौं । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ।

मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र आकृति बस्नेतले अभिनय गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन् । प्रवीण भट्टको सम्पादन रहेको छ।

गायिका सुशीला लामो समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले नेपाली गीत–सङ्गीतलाई निरन्तरता दिएकी छन् । उनले अमेरिकामा हुने विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा नेपाली कला र संस्कृतिलाई झल्काउने गीत–सङ्गीत प्रस्तुत गर्दै उनले नेपाली पहिचानलाई जीवन्त बनाइरहेकी छन्।

गायिका तिमिल्सिनाले ‘धेरै दिन’ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेकी छन् । उनले अघिल्लो गीतमा प्राप्त माया र समर्थनप्रति धन्यवाद दिँदै यो गीतलाई पनि उत्तिकै माया दिन आग्रह गरिन् । उनले भनिन्, ‘मेरो सानो प्रस्तुतिले माया पाउनेछ भन्ने आशा गरेकी छु । सुझावलाई माया सम्झेर स्वीकार्ने छु।’