बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा

आइतबार, कार्तिक २५ २०८१

काठमाडौं । कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ  । उनलाई मानव तस्करीको आरोप लागेको छ ।

उनको विराटनगर महानगरपालिका–२ स्थित डेरामा सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएका सादा पोसाकका प्रहरीले घरबाट उनलाई घेरा हालेर नियन्त्रणमा लिइएको छ ।

उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं ल्याउने तयारी छ ।उनी आजै दिउँसो १ः५० बजेको यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं आउने तयारीमा थिए ।