शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य अंकले गिरावट

कारोबार रकम पाँच अर्ब रुपैंयाँ नाघ्यो

बुधबार, कार्तिक २१ २०८१

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पुन एक दशमलव ८८ अंकले घटेर २६ सय ७५ दशमलव ५१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८१ अंकले घटेर चार सय ७७ दशमलव १८ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ५५ हजार दुई सय ३८ पटकको कारोबारमा एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब २२ करोड २४ लाख ८६ हजार आठ सय ५१ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये पाँच वटा समुहको सुचक बढेपनि आठ वटा समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ४७ अंकले घटेर १५ सय सात दशमलव १२ अंकमा पुग्दा जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने ३८ दशमलव ९७ अंकले बढेर पाँच हजार तीन सय ४३ दशमलव ४७ अंकमा पुग्दा फाईनान्स, जलबिद्युत, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा कुथेली बुखारी स्मल हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भन आज सबैभन्दा बढी रकम कारोबार भएको छ।