काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । तिहारको लामो बिदा पछि आज मंगलबार खुलेको नेप्से शुन्य दशमलव २१ अंकले घटेर २६ सय ७७ दशमलव ४० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८२ अंकले घटेर चार सय ७७ दशमलव ९९ अंकमा झरेको छ । तीन सय दुई वटा कम्पनीहरुको ४७ हजार पाँच सय १५ पटकको कारोबारमा ९७ लाख १३ हजार सात सय ३० कित्ता शेयर किनबेच हुँदा आज कारोबार रकम चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सात वटा समुहको सुचक बढेपनि बाँकी छ वटा समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ४० अंकले घटेर १५ सय नौं दशमलव ५९ अंकमा झर्दा बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहहरुको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने सात दशमलव १७ अंकले बढेर ३४ सय ६९ दशमलव ८७ अंकमा पुग्दा जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज सुपर माई हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा मिड सोलु हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।