शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गरिमा विकास बैंकले महिला फुटवल खेलाडीलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने

बुधबार, कार्तिक १४ २०८१

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई गरिमा विकास बैंक लिमिटेडले नेपाली टिमले गर्ने प्रति गोल एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

बैंकले आज बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको हो ।

बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।