शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

साफ महिला च्याम्पियनसिप

फाइनल खेलको टिकट अनलाइनमा किन्न नपाइने

मंगलबार, कार्तिक १३ २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनल खेलको टिकट अनलाइनमा किन्न नपाउने भएको छ । नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट भौतिक रुपमा उपस्थित भएरै  किन्नु पर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाको  अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट रहेको छ।

प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ ।

यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्रीमा जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो ।

भद्रकाली आर्मी गेट र सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित तीन ठाउँमा टिकट बिक्री हुनेछ ।